Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साढे २१ अर्बमा खुम्चियो सेयर कारोबार


साढे २१ अर्बमा खुम्चियो सेयर कारोबार

काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन ८.१८ अंकले नेप्से घटेसँगै २९२३ अंकमा कायम भएको छ ।

कुल २१ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि हिजो २७ अर्ब २४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । ८० कम्पनीको मूल्य बढ्दा १५७ को घट्यो भने ६ को स्थिर रह्यो ।

यस दिन बैंकिङ ०.४५, फाइनान्स १.५७, जीवन बीमा ०.५४ तथा व्यापार समूह ०.०६ प्रतिशत बढे । विकास बैंक १.३६, होटल तथा पर्यटन २.२५, उत्पादन १.४०, माइक्रोफाइनान्स १.१३, निर्जीवन बीमा १.०२ र अन्य समूह सूचक ०.७४ प्रतिशत घटे ।