Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

३५ अर्ब तरलता बैंकिङ प्रणालीबाट तान्दै राष्ट्र बैंक


३५ अर्ब तरलता बैंकिङ प्रणालीबाट तान्दै राष्ट्र बैंक

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंगलबार ३५ अर्ब रुपैयाँ तरलता प्रसोचन गर्ने भएको छ । बजारमा अधिक तरलता थुप्रिएसँगै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत उक्त लगानी योग्य पुँजी (तरलता) प्रसोचन गर्ने भएको हो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्ने तर सोही अनुसार कर्जा माग नहुँदा तरलता थुप्रिरहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार पुस २१ गतेसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ६० खर्ब ८५ अर्ब रुपैयाँ पुगेको छ । तर, यता कर्जा लगानी भने जम्मा ५० खर्ब ३३ अर्ब हाराहारी मात्र हुन सकेको छ ।

बैंक तथा वित्तीय संस्थामा तरलता थुप्रिएसँगै केन्द्रीय बैंकले लगातार निक्षेप संकलन उपकरणमार्फत तरलता प्रसोचन गरिरहेको छ । यसैको निरन्तरता मंगलबार केन्द्रीय बैंकले १४ दिनका लागि ३५ अर्ब तरलता प्रसोचन गर्न लागेको हो ।

सोमबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले निक्षेपका लागि दरखास्त आह्वान गरेको छ । अनलाइन विडिङ सिस्टममार्फत मंगलबार अर्थात् पुस २४ गते खरिद हुने निक्षेपपत्रका लागि दिउँसो २ बजेसम्म आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आव्हान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् ।