काठमाडौं । उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हीत समितिको सभापति अब्दुल खानले उद्योग वाणिज्य र श्रमका समस्या समाधान गर्न खरो रुपमा लाग्ने बताएका छन् ।
सोमबार समिति सभापतिमा सर्वसम्मत निर्वाचित भएपश्चात सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले सबै भन्दा पहिला उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता क्षेत्रका समस्याको अपडेट लिने बताएका हुन् ।
समस्याहरुको अपडेट लिएपश्चात मन्त्री र वा कर्मचारीहरूबाट वा विषयगत समस्याको जरो उखेल्नेतर्फ लाग्ने सभापति खानले बताए । उनले सरकारलाई जवाफदेही, उत्तरदायी र जनताप्रति इमानदारी बनाउने काममा खरो रूपमा काम गर्ने प्रतिबद्धता जनाए ।
समिति सभापति भएर गल्ती भए सबैले खबदारी गर्न पनि उनको आग्रह छ । उनले देश र जनताको लागि समितिबाट गर्ने सक्ने काम गर्ने उद्देश्य लिएर लाग्ने बताए ।