काठमाडौं । आगामी आर्थिक वर्ष २०८०,८१ को संघीय बजेटले सेयर बजारलाई प्रभावित पार्ने केही नीति अघि सारेपछि बजारमा भने नकारात्मक धक्का परेको छ । आज बजारको कारोबारको सेयर बजार ओरालो लागेको छ ।
बजेटले यसअघि प्रिमियम मूल्यमा हकप्रद सेयर जारी गरेको र मर्जरमा जाँदा कमजोर संस्थालाई सस्तो भाउ दिएका कम्पनीले नाफा बढाएका पुरानो हिसाबमा कर दाखिला गर्नुपर्ने व्यवस्था भएको छ । त्यसैले थुप्र्रै संस्थाको वित्तीय विवरण प्रभावित हुने छ । थोरै नाफा कमाउने र कम लाभांश बाँड्ने कतिपय कम्पनीको लाभांश क्षमता नै शुन्य भएको अवस्था देखिएको छ ।