Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

चन्द्रागिरी नगरपालिका–१४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव—इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर


चन्द्रागिरी नगरपालिका–१४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सव—इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको चन्द्रागिरी नगरपालिका–१४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सवइन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले असिष्टेन्ट सवइन्जिनियर विजय लक्ष्मी पन्तविरुद्ध आज आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको जानकारी दिए । भवन निर्माण सम्पन्न भएको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग घुुस माग गरेको भन्ने सूचना एवम् उजुरीका आधारमा अख्तियारको टोली पन्तलाई सेवाग्राहीबाट २५ हजार रुपियाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो । पन्तविरुद्ध २५ हजार रुपियाँ विगो कायम गरी भ्रष्टाचार निवारण ऐन बमोजिम विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको सहायक प्रवक्ता थपलियाले जानकारी दिए ।