Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

बीमा व्यवसायमा बिस्तारै देखिन थाल्यो सुधारको सङ्केत


बीमा व्यवसायमा बिस्तारै देखिन थाल्यो सुधारको सङ्केत

काठमाडौें,बीमा व्यवसाय उत्साहजनक रुपमा  नबढेता पनि व्यापार वृद्धिदरमा भने बढे देखिएको छ। बीमा व्यवसाय विस्तार चलायमान हुन् थालेको सङ्केत छ। विशेषगरि पछिल्लो समय देखिएको आर्थिक सङ्कटका कारण पनि बीमा व्यवसाय निकै नै प्रभावित भएको थियो। तर, पछिल्लो समय भने निरन्तर सुधारको सङ्केत देखिएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०८०,८१ को दुई महिना साउन र भदौ को विवरणले यस्तो देखाएको हो।

चालू आवको दुई महिनामा बीमा कम्पनीहरूले ३६ अर्ब २१ करोड ६४  लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। जुन गत आवको सोही अवधिको तुलनामा ६.७५ प्रतिशतले बढेको हो। गत वर्षको भदौ मसान्तसम्ममा जीवन तथा निर्जीवन बीमा कम्पनीहरूले ३३ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए। यद्यपि, अघिल्ला वर्षहरूमा भने बीमा व्यवसायको वृद्धिदर दोहोरो अङ्कमा हुने गरेको थियो। तर, कोभिड र आर्थिक सङ्कटले प्रभावित बनेको बीमा व्यवसायमा अझै रौनकता भने देखिएको छैन।भदौ मसान्तसम्मको तथ्याङ्क अनुसार कम्पनीहरूले जारी गर्ने बीमालेखको सङ्ख्या भने घटेको छ।

गत वर्षको सोही अवधिमा कम्पनीहरूले १ करोड ४० लाख ३९ हजार ५०७ वटा जीवन बीमालेख र ४ लाख ४५ हजार ३७१ वटा निर्जीवन बीमालेख बिक्री गरेका थिए।चालू आवको भदौ मसान्तसम्म आइपुग्दा कम्पनीहरूको बीमालेख बिक्री क्रमशः ४.१८ प्रतिशत देखि ८.१५ प्रतिशतले घटेको छ।आगामी दिनमा भने बढ्ने अपेक्षा गरिएको पौडेले बताएका छन्। उनले भने,पछिल्लो समय आर्थिक सूचकहरू पनि सबल बन्दै गएको छ। यसले आगामी दिनमा बीमा व्यवसायमा निकै सुधार हुनेछ। समग्रमा प्राधिकरणको नीतिगत निर्णयहरू, कम्पनीहरूले पनि नयाँ–नयाँ बीमा प्रडक्टहरू ल्याएका छन्। यसले आगामी दिन बीमा व्यवसाय बढाउने भएको छ।