Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मौद्रिक नीतिःबैँकदर ७.५ प्रतिशतमा यथावत्, नीतिगत दर घट्यो [पूर्णपाठ सहित]


मौद्रिक नीतिःबैँकदर ७.५ प्रतिशतमा यथावत्, नीतिगत दर घट्यो [पूर्णपाठ सहित]

काठमाडौं ।  नेपाल राष्ट्र बैँकले नीतिगत दर घटाएको छ । आर्थिक वर्ष २०८०—८१ को मौद्रिक नीति सार्वजनिक गर्दै बैँक दरलाई ७.५ प्रतिशतमा यथावत् राख्दै नीतिगत दर घटाएको हो ।

आर्थिक वर्ष २०८०—८१ को मौद्रिक नीति सार्वजनिक गर्दै आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार बिन्दुले घटाई ६.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यस्तै बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राखी निक्षेप सङ्कलन बोलकबोल दरलाई ५.५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

सञ्चालन लक्ष्यको रुपमा लिएको भारित औसत अन्तर बैंक ब्याजदर बैंक दरभन्दा उच्च र निक्षेप सङ्कलन दरभन्दा न्यून भएमा दोस्रो बजार कारोबार र निक्षेप सङ्कलन बोलकबोल खुला गरिने राष्ट्र बैंकले जनाएको हो ।

बैंक दरमा स्थायी तरलता सुविधा र नीतिगत दरमा ओभरनाइट तरलता सुविधा उपलब्ध हुने व्यवस्थालाई यथावत् राखेको राष्ट्र बैंकले जनाएको छ । ब्याजदर करिडोरलाई प्रभावकारी बनाउन करिडोरको तल्लो सीमामा स्थायी निक्षेप सङ्कलन सुविधा उपलब्ध गराउने पनि राष्ट्र बैंकले जनाएको छ ।

हेर्नुहोस् पूर्णपाठः