Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजेटः कीर्तिपुर नगरपालिकालाई ४७ करोड २५ लाख , कुन शिर्षकमा कति ?


बजेटः कीर्तिपुर नगरपालिकालाई  ४७ करोड २५ लाख , कुन शिर्षकमा कति ?

काठमाडौं । कीर्तिपुर नगरपालिकाका लागि सरकारले कुल बजेट रकम ४७ करोड २५ लाख छुट्याएको छ । जसअन्तर्गत, समानीकरण अनुदान शिर्षकमा न्युनतम अनुदान चार करोड २५ लाख, सुत्रमा आधारित १३ करोड ८६ लाख र कार्यसम्पादनमा आधारित ४७ लाख अनुदान गरी जम्मा १८ करोड ५८ लाख बजेट रकम छुट्याएको छ ।

त्यस्तै, सशर्त अनुदान शिर्षकअन्तर्गत सरकारले चालु आर्थिक वर्षको रकम २५ करोड ५७ लाख छुट्याईयो भने पुँजीगत प्रकृतिमा १ करोड १० गरी जम्मा २६ करोड ६७ लाखको बजेट रकम छुट्याएको छ ।

त्यसैगरी, विशेष अनुदान शिर्षक अन्तर्गत पुँजीगत प्रकृतिमा जम्मा एक करोड र समपुरक अनुदान शिर्षक अन्तर्गत एक करोड र चालु आर्थिक वर्षको रकम ४४ करोड १५ लाख र पुँजीगत प्रकृतीमा ३ करोड १० लाख रकम छुट्याएको छ ।