काठमाडौं । कारोबारको तेस्रो दिन सेयर बजारको परिसूचक नेप्से २५.६६ अंक बढेको छ । सो अंकको वृद्धिपछि परिसूचक १९२७ अंकमा कायम भएको हो। कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । सोमबार १ अर्ब ९७ करोडको धितोपत्र किनबेच भएकोमा आज १ अर्ब ९८ करोडको कारोबार भएको छ ।
कुल १८५ कम्पनीको मूल्य बढ्दा ३१ कम्पनीको घट्यो भने ४ को स्थिर रहृयो । आज बजारका सबै उपसमूह बढेका छन् । जसमध्ये बैंकिङ १प्रतिशत विकास बैंक २७प्रतिशत फाइनान्स १८ प्रतिशत होटल तथा पर्यटन २२५ प्रतिशत जलविद्यरत ७५ प्रतिशत जीवन बीमा १५६ प्रतिशत उत्पादन ४८प्रतिशत माइक्रोफाइनान्स ३२प्रतिशत निर्जीवन बीमा ४३१प्रतिशत अन्य ३ प्रतिशत ब्यापार उपसमूह २९ अंक बढे ।
यसमध्ये न्यादी हाइड्रो पावरको मूल्य ९.८ प्रतिशत बढ्यो । सोल्टी होटलको ८.७, प्रभु इन्स्योरेन्सको ८, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ७.८ प्रतिशत मूल्य बढ्यो । कारोबार रकमका आधारमा सोल्टी होटल, शिवम् सिमेन्ट, माथिल्लो तामाकोसी, नेपाल टेलिकम र आईएमई जनरल इन्स्योरेन्स कम्पनी क्रमशः अगाडि रहेका छन् ।