काठमाडौँ । अन्तर्राष्ट्रिय बलुन फेस्टिभलको सद्भावना दूतमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की अनुबन्धित भएका छन् । शनिबार आयोजित पत्रकार सम्मेलनलाई उनीहरुलाई फेस्टिभल आयोजकले दूतमा नियुक्त गरेको हो । कार्यक्रममा हमालले २५ वर्ष पहिले काठमाडौँमा बलुनमा उडेर फिल्म छायांकन गरेको अनुभव सुनाए । नयाँ फिल्ममा बलुन नेपालको टिमसँग सहकार्य हुने सम्भावना रहेको उनले बताए ।
पदयात्रादेखि पर्यटनका अन्य क्षेत्रमा एड्भेन्चरले महत्व पाउन थालेको उनले बताए । महोत्सवले नेपालको पर्यटनमा नयाँ आयाम थप्ने समेत उनको भनाई छ । अभिनेत्री कार्कीले आफूले पोखरामा प्याराग्लाइडिङदेखि विभिन्न धेरै एड्भेन्चर गरिसकेको र बलुनले पनि छुट्टै किसिमको मनोरञ्जन दिलाउने विश्वासका साथ सहकार्यका लागि आबद्ध भएको बताइन् ।