Friday, August 15, 2025

२०८२ श्रावण ३१, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

पाँच करोड फिरौती माग गर्ने दुई जना पोखरामा पक्राउ


पाँच करोड फिरौती माग गर्ने दुई जना पोखरामा पक्राउ

काठमाडौं । पाँच करोड फिरौती माग गर्दै ज्यान मार्ने धम्की दिएको आरोपमा दुई जना पक्राउ परेका छन् । बुधबार राति कास्की प्रहरीले पोखरा–८, सिमलचौरबाट पक्राउ गरेका उनीहरुलाई बिहीबार बिहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेमा पर्वतको कुश्मा नगरपालिका वडा नं.२, खुर्कोटका ३६ वर्षीय लक्ष्मण दर्जी र सोही पालिकाको वडा नं.१४ का ४२ वर्षीय दीपकबहादुर क्षेत्री छन् । उनीहरुले पोखरामा सच्चाइ केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई फोन र एसएमएसबाट धम्क्याई बारम्बार रकम माग गरेका थिए ।

कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले फोन र एसएमएसबाट उनीहरुले सो रकम नदिए मार्ने धम्की दिएको र बारम्बार सच्चाइ केन्द्रमा गई रेकीसमेत गरेको जानकारी दिए । दर्जी र थापाको साथबाट पाँच सय ७२ ग्राम गाँजा, केही सिम, भरुवा बन्दुकमा लाग्ने केफ, लगायतका सामग्री बरामद भएको छ ।

प्रहरी प्रमुख थापाले अभियुक्तहरुले एक महिनादेखि सिमलचौरमा कोठा लिएर यस्तो गतिविधि गरेको थाहा भएको जानकारी दिए। “उनीहरुले पोखराका प्रतिष्ठित उद्योगपति, व्यापारी, नेता लगायतका करिब ३० जनाको नाम, ठेगाना, परिवारका सदस्यको नामसमेत टिपोट गरेका आठ पाना भेट्टाएका छौँ,” प्रहरी प्रमुख थापाले भने ।