Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सूर्य नेपालको वर्षिक अवधीभर २८ अर्ब ९९ करोड व्यापार


सूर्य नेपालको वर्षिक अवधीभर  २८ अर्ब ९९ करोड व्यापार

काठमाडौं । सूर्य नेपाल प्रालिले सन् २०२३ मा २८ अर्ब ९९ करोड रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२२ को भन्दा ७.३१ प्रतिशत धेरै हो । सन् २०२२ मा यस कम्पनीले २७ अर्ब १ करोड ४० लाख र सन् २०२१ मा २४ अर्ब ४९ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको रेटिङ एजेन्सी केयर रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।

सूर्य नेपालले सूर्य लिजेन्ड, सूर्य लक्जरी किङ्स, सूर्य २४ क्यारेट, शिखर फिल्टर किङ्स, शिखर आइस, नौलो, खुकरी फिल्टर, पाइलट फिल्टर, बिजुली र चौतारी ब्रान्डका चुरोट उत्पादन गरिरहेको छ । यसले अगरबत्ती पनि उत्पादन गर्छ । यो कम्पनी सन् १९८६ मा नेपालमा स्थापना भएको हो ।

यसमा आइटीसी लिमिटेड, भारतको ५९ प्रतिशत सेयर हिस्सा रहेको छ भने बाँकी ३९ प्रतिशत नेपाली नागरिक र २ प्रतिशत सेयर हिस्सा ब्रिटिस अमेरिकन टोब्याको लिमिटेडको लगानी छ । कम्पनीले ५ अर्ब ७५ करोड बैंक कर्जाका लागि ‘केयर एनपी ए १ प्लस’ रेटिङ पुनः पुष्टि गराएको छ ।