Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बचत कर्ताको रकम घरजग्गामा लगानी गर्ने सहकारीलाई कारबाही हुन्छः रजिस्ट्रार घिमिरे


बचत कर्ताको रकम घरजग्गामा लगानी गर्ने सहकारीलाई कारबाही हुन्छः रजिस्ट्रार घिमिरे

काठमाडौं । सहकारी विभागका रजिस्ट्रार नवराज घिमिरेले बचत कर्ताको रकम घरजग्गामा लगानी गर्ने सहकारीलाई कारबाही गर्ने बताएका छन् । सहकारी विभाग र नेपाल सहकारी पत्रकार समाजले संयुक्त आयोजना गरेको सहकारी समस्या र सामाधानका उपाय विषयक कार्यक्रममा पहिला बचत कर्ताको रकम फिर्ता हुन्छ अनि घरजग्गामा लगानी गर्ने सहकारीलाई कारवाही हुन्छ ।

२३ हजार बढी सहकारीहरु स्थानिय तहको नियमनमा राखिँदा संघीय सरकारलाई १२५ वटाको मात्रै जिम्मेवारी दिएको कारण समस्या भएको उनको भनाई थियो । ३० हजार सहकारीहरुले वित्तिय कारोबार गरिरहेका बताउँदै उनले भने, ‘यो कल्पनाभन्दा बाहिरको भयो, ७ खर्ब बराबर बचत छ, सहकारीमा वित्तीय अवस्था कमजोर छ, २०/२२ बैंकको लागि राष्ट्र बैंकसँग प्रयाप्त पूर्वाधार छ, तर सहकारीमा त्यो किसिमको पूर्वाधार छैन ।’ सहकारीको ऐन नियमनमा अभियानको डोमिनेसन धेरै रहेको र वित्तीय कारोबार गर्ने सहकारीको अनुगमन विभागले नसक्ने उनको भनाइ छ ।

यस्तै, उनले शिवशिखरले सहकारी नचलाएर ठगीको भाँडो बनाएको बताए । लण्डन वा जुनसुकै ठाउँमा भएपनि राज्यले चाहे फरार रहेका सहकारीका संचालकमहरुलाई पक्राउ गर्न सक्ने उनको भनाई छ । त्यस्तै, मान्छेहरु पैसा चाहिएरभन्दा पनि बचत डुब्ने चिन्ताले सहकारीमा अहिले जाने गरेको भन्दै सहकारीलाई बचाउन आवश्यक रहेको बताए ।