Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रिय सभा अध्यक्ष दाहालसँग अष्ट्रेलियन राजदूत वोल्कको विदाइ भेट


राष्ट्रिय सभा अध्यक्ष दाहालसँग अष्ट्रेलियन राजदूत वोल्कको विदाइ भेट

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालसँग नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी वोल्कले बिदाइ भेट गरेकी छन् । नेपालका लागि अष्ट्रेलियाको राजदूतका रुपमा साढे तीन वर्षे कार्यकाल पूरा गरि स्वदेश फर्किन लाग्नुभएका राजदूत वोल्कले आज सिंहदरबारस्थित अध्यक्ष दाहाललको कार्यकक्षमा विदाइ भेट गरेकी हुन ।

बिदाइ भेटका अवसरमा अध्यक्ष दाहालले नेपाल र अष्ट्रेलियाको द्विपक्षीय सम्बन्ध थप मजबुत र प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेलेको भन्दै राजदूत वोल्कको प्रशंसा गरिन । नेपाल र अष्ट्रेलिया बीच कूटनीतिक सम्बन्ध मात्रै नभई जनस्तरमा पनि राम्रो सम्बन्ध रहेको चर्चा गर्दै अध्यक्ष दाहालले जनस्तरको सम्बन्धले दुई देशलाई सामाजिक, सांस्कृतिक तथा भावनात्मक रुपमा पनि नजिक बनाउने बताए ।


विगतमा दुई देशबीच संसदीय भ्रमण पनि भइसकेको स्मरण गराउँदै अध्यक्ष दाहालले संसदीय प्रतिनिधि मण्डलको भ्रमणले दुई देशको संसदीय अभ्यास, प्रक्रिया र अनुभव आदान प्रदानमा सहयोग हुने बताए ।

नेपालको संघीय संसदले नेपाल अष्ट्रेलिया संसदीय मैत्री समूह गठन गरेको पनि अध्यक्ष दाहालले जानकारी दिए । राजनीतिक संघर्ष र जनआन्दोलनको बलमा नेपालमा संघीय गणतन्त्रात्मक शासन, समावेशी लोकतन्त्र स्थापना भएको चर्चा गर्दै अध्यक्ष दाहालले नेपालको सामाजिक, सांस्कृतिक परिवर्तन र जागरणमा अन्तर्राष्ट्रिय समुदायको सकारात्मक र महत्वपूर्ण सहयोग रहेको बताए ।