Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

मैले दुईवटा बिहे गरेको छु, फर्जी नागरिकताको विषयमा वयान लिदा विरगंजका मेयर सिंहले भने


मैले दुईवटा बिहे गरेको छु, फर्जी नागरिकताको विषयमा वयान लिदा विरगंजका मेयर सिंहले भने

वीरगन्ज । वीरगन्जका मेयर राजेशमान सिंहसँग गृह मन्त्रालयको टोलीले आज सवा दुई घण्टाको बयान लिएको छ । फर्जी विवरणको आधारमा नागरिकता दिलाएको भन्दै मेयर सिंहविरुद्ध जाहेरी परेपछि गृह मन्त्रालयको टोलीले बयान लिएको  हो । झुटो विवरणको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाएको भन्दै नागरिकता विवाद प्रकरणमा गृह मन्त्रालयको टोलीले मेयर सिंहसँग जिल्ला प्रशासन कार्यालय पर्सामा बयान लिएको थियो ।

जिल्ला प्रशासन स्रोतका अनुसार मेयर सिंहसँग बिहान ८ बजेदेखि सुरु भएको बयान सवा दश बजेसम्म लिइएको थियो । गृह मन्त्रालयको टोलीले मेयर सिंहसँग मौखिक तथा सोधपुछ कागज गराएको जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ । यो क्रममा गृह मन्त्रालयबाट गठित २ सदस्यीय छानबिन टोलीले सिंहविरुद्ध परेको जाहेरीसँग सम्बन्धित कागजातका आधारमा सोधपुछ गरेको सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जनाए ।

गृह मन्त्रालयको टोलीले लिएको बयानका क्रममा मेयर सिंहले रुविना आफ्नो छोरी भएको स्वीकारेको स्रोतले जनाएको छ । गृह मन्त्रालयको टोली समक्ष मेयर सिंहले भने,‘रुविना श्रेष्ठ मेरै छोरी हो, उसको जन्मदर्तामा पनि मेरै नाम छ । मैले दुईवटा बिहे गरेको छु ।’ मेयर सिंहसँग बयान लिइसकेपछि गृह मन्त्रालयको टोलीले सम्बन्धित अन्य व्यक्तिसँग सोधपुछ गरिरहेको जिल्ला प्रशासन कार्यालय स्रोतको भनाइ छ ।

यसअघि नागरिकता बनाउन सिफारिस गरिएका वडा कार्यालयसँग पनि गृह मन्त्रालयको टोलीले बेग्लै बयान लिइसकेको  छ । वीरगन्ज महानगरका मेयर सिंहले झुटो विवरणको आधारमा अरूको छोरीलाई आफ्नो छोरी बनाएको भन्दै गृह मन्त्रालयमा गएको २६ पुसमा उजुरी परेको थियो ।

उजुरी परेको झण्डै एक महिना पछाडि गृह मन्त्रालयले उपसचिव पुष्कर रानाको नेतृत्वमा शाखा अधिकृत परशुराम पोखरेल सदस्य रहने गरी दुई सदस्यीय छानबिन टोली गठन गरेर वीरगन्ज खटाएको छ । वीरगन्जको वडा नम्बर ३ बाट हुँदै नभएको छोरीलाई आफ्नो छोरी बनाइ नागरिकता दिलाएको मेयर सिंहमाथि आरोप छ । जिल्ला प्रशासन कार्यालयमा रुविना श्रेष्ठको नाममा ३४–०१–७५–०४८४७ नम्बरबाट नागरिकता जारी भएको छ । यो नागरिकता ०७५ सालको १३ साउनमा जिल्ला प्रशासन कार्यालय नागरिकता जारी भएको मिति उल्लेख छ ।