Tuesday, September 23, 2025

२०८२ आश्विन ७, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो “आरबिबि एल ईभि लोन फेस्टिभ अफर”, अधिकतम कर्जा सिमा एक करोडसम्म


राष्ट्रिय वाणिज्य बैंकले ल्यायो “आरबिबि एल ईभि लोन फेस्टिभ अफर”, अधिकतम कर्जा सिमा एक करोडसम्म

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले चाडपर्वको अवसरमा “आर.बि.बि.एल.ई.भिलोन फेस्टिभ अफर” सहित चाडपर्व विशेष योजना ल्याएको छ ।

नेपालीहरुको राष्ट्रिय पर्वहरुको अवसर पारी यही भाद्र २६ गते देखी लागू हुनेगरी राष्ट्रिय वाणिज्य बैंकले “यो वर्षको फेस्टिभ जोन, आर.बि.बि.को ई.भि. लोन” भन्ने नाराका साथ विभिन्न विशेषता सहितको योजना ल्याएको हो ।

नेपाल सरकार र नेपाल राष्ट्र बैंकले देशमा पेट्रोलियम पदार्थ आयातमा अत्याधिक विदेशी मुद्रा खर्च गरेको हुँदा सो को खपट घटाउन विद्युतीय सवारी साधनहरुको प्रयोगलाई प्रोत्साहन गर्ने नीति लिएकोमा राष्ट्रिय वाणिज्य बैंक पनि सरकारी स्वामित्वको बैंक भएकोले सरकारको नीति तथा लक्ष्य प्राप्तीको लागि पहल गर्नु बैंकको नैतिक दायित्व रहेको भन्दै यसलाई पूरा गर्ने उद्देश्य अनुरुप नै चाडपर्व विशेष योजना ल्याएको बैंकले जनाएको छ ।

यस योजनामा अग्रीम भुक्तानी लागत मुल्यको २० प्रतिशत, अधिकतम कर्जा सिमा एक करोड लगायत जस्ता विभिन्न विशेषताहरु रहेका छन् ।
बैंकले आपूर्ति आदेश दिएको १५ दिन वा योजना अवधिभित्र कर्जा लिईसक्नुपर्ने जनाएको छ ।