काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनमा निर्माण गरिने तीन वटा खानेपानी आयोजनाको उद्घाटन गरेका छन् । आइतबार बिहान उनले शारदा नगर, जखेडी माई र दिब्यनगर खानेपानी आयोजनाको उद्घाटन गरे । ४६ करोड ७२ लाख रुपियाँ लागतमा निर्माण गरिएको शारदा नगर खानेपानी आयोजनाबाट तीन हजार पाँच सय घरधुरी लाभान्वित हुने छ भने दिब्यनगर खानेपानी आयोजनाबाट एक हजार आठ सय ५५ घरधुरी लाभान्वित हुने छन् । यसको लागत दुई करोड ९८ लाख रहेको छ । त्यसै गरी ३८ करोड ४० लाख लागतमा जखेडीमाई खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । यो आयोजनाबाट तीन हजार ३६८ घरधुरी लाभान्वित हुने आयोजनाले जनाएको छ ।
प्रधानमन्त्री दाहालद्धारा एकै पटक तीन वटा खानेपानी आयोजनाको उद्घाटन