Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

कम मूल्य तोकिएपछि किसानले बेचेनन् गहुँ


कम मूल्य तोकिएपछि किसानले बेचेनन् गहुँ

बर्दिया । सरकारले गहुँको मूल्य बजार भाउभन्दा प्रतिक्वीन्टल ६ सय रुपैयाँ कम तोकेपछि खाद्य व्यवस्था व्यापार केन्द्र, राजापुरले गहुँ खरिद गर्न सकेको छैन ।

केन्द्रले वैशाख ३ गते खरिद प्रक्रिया सुरु गरेको सूचना जारी गरे पनि किसानले गहुँ बेच्न ल्याएका छैनन् । सरकारले गहुँको मूल्य प्रतिक्वीन्टल ३ हजार ६ सय ५० रुपैयाँ १४ पैसा तोकेपछि केन्द्रले गहुँ किन्न शान्ति बजार, प्रसेनीपुर र खाद्य व्यापार केन्द्रमा डिपो राखेको छ । तर, हालसम्म गहुँ खरिद हुन सकेको छैन ।

 ‘सरकारले तोकेको मूल्य बजार मूल्यभन्दा निकै कम हुँदा किसानले व्यापारीलाई बेच्दै आएका छन् । गहुँको मूल्य संशोधन नभएसम्म खरिद नहुने निश्चित छ,’ केन्द्रका प्रमुख केशवराज बुढाले भने । उनका अनुसार व्यापारीले प्रतिक्वीन्टल ४ हजारदेखि ४ हजार २ सय रुपैयाँमा खरिद गरेका छन् ।

केन्द्रले खरिद गरेको गहुँ दुर्गम पहाडी जिल्लामा पठाउने गरेको छ । गत वर्ष बर्दियामा करिब २२ हजार ९ सय हेक्टरमा गहुँ खेती भएको थियो । एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालयका प्रमुख सागर ढकालका अनुसार गत वर्ष ८३ हजार ५ सय ५० टन गहुँ उत्पादन भएको थियो । यस वर्ष गहुँको लागि क्षेत्रफल बढेर २३ हजार ३ सय ३५ हेक्टर पुगेको उनले बताए ।