Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

नेप्से परिसूचक आज ५.१० अंकले बढ्यो


नेप्से परिसूचक आज ५.१० अंकले बढ्यो

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ५.१० अंकले बढेको छ । अघिल्लो दिनको तुलनामा ०.१९ प्रतिशतले बढेपछि समग्र नेप्से २ हजार ५ सय ८१.६० विन्दुमा ओर्लेको हो । अघिल्लो दुई कारोबार दिन दोहोरो अंकले घटेको नेप्सेमा बुधबार सामान्य सुधार भएको हो ।

कारोबारमा आएकामध्ये १५० वटा कम्पनीको सेयर मूल्य बढ्यो, ८८ वटाको घट्यो भने बाँकी ४ वटा कम्पनीको स्थिर रहयो । ४३ हजार ७ सय २९ पटकको कारोबारमा ९४ लाख ३४ हजार ९ कित्ता सेयर किनबेच भए ।

ती किनबेचमा ३ अर्ब ५९ करोड ७४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार ५ अर्ब ६७ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो । बुधबार बैकिङ, जीवन बिमा, लघुवित्त, सामूहिक लगानी कोष र अन्य बाहेक उपसमूहको परिसूचक घटे । बाँकी उपसमूहको परिसूचक बढे ।