Wednesday, June 25, 2025

२०८२ असार ११, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

bdmh4567@gmail.com

नेशनल हाइड्रोपावरको हकप्रद सेयर निष्कासन, जेठ मसान्तसम्म आवेदन दिन सक्ने


नेशनल हाइड्रोपावरको हकप्रद सेयर निष्कासन, जेठ मसान्तसम्म आवेदन दिन सक्ने

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सो हाइड्रोपावरले असार १ गतेदेखी बुक क्लोज गर्ने सूचना प्रकाशन गर्दै जेठ मसान्तसम्मका लागि आवेदन खुल्ने जानकारी दिएको हो ।


कम्पनीको जेठ २४ गते अर्थात् हिजो बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको प्रतिसेयर १०० रुपैयाँ दरको १ करोड ६४ लाख ४२ हजार ९१९ कित्ता हकप्रद सेयर जारी गर्ने भएको छ।
हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ६४ करोड रुपैयाँ कायम छ । यसको ५० प्रतिशत हकप्रद जारी गर्दा चुक्ता पुँजी ८२ करोड २१ लाख रुपैयाँले बढ्ने कम्पनीले जनाएको छ । प्रत्येक एक कित्ता बराबर ०.५ कित्ता आवेदन पेश गर्न मिल्छ ।


कम्पनीले १० कित्ता सेयर बराबर नयाँ ५ कित्ता सेयरका लागि आवेदन दिन पाउनेछन् । हकप्रद सेयर प्रयोजनार्थ असार १ गते बुकक्लोजको मिति तोकेको छ । यसअनुसार जेठ ३२ गतेसम्म कायम सेयरधनी मात्रै कम्पनीको हकप्रद सेयर खरिद गर्न योग्य हुने कम्पनीले जनाएको छ ।


यस्तो छ कम्पनीले जारी गरेका सुचनाः

यस नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको मिति २०८०र०२र२४ गते बिहान ८ः०० बजे बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार, यस कम्पनिको प्रति शेयर रु। १००।( अंकित दरको १,६४,४२,९१९।४३५५ कित्ता साधारण शेयरको १०स्५ ९अर्थात विद्यमान १० कित्ता साधारण शेयर बराबर नयाँ ५ कित्ता साधारण शेयर० को अनुपातमा रु।८२,२१,४५,९७१।७८ बराबरको प्रति शेयर १००र( अंकित दरको ८२,२१,४५९।७१७८ कित्ता हकप्रद साधारण शेयर निष्काशन प्रयोजनको लागि यस कम्पनीको मिति २०८०र०३र०१ गते यस कम्पनीको शेयरको दर्ता किताब बन्द गर्ने र उक्त सूचना राष्ट्रिय दैनिक पत्रिकामा मिति २०८०।०२।२५ गते प्रकाशित गर्ने निर्णय भएको हुनाले सो को जानकारी गराउन चाहन्छौ। साथै उक्त सूचना प्रकाशित भए पश्चात प्रकाशित सूचना पुनः पठाउने जानकारी गराउन चाहन्छौ ।