Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सुन र चाँदीका करिब ४३ हजार थान सिक्का बिक्री


सुन र चाँदीका करिब ४३ हजार थान सिक्का बिक्री

काठमाडौं । राष्ट्र बैंकले सुन र चाँदीका गरी करिब ४३ हजार थान सिक्का बिक्री गरेको छ । गत आइतबारदेखि सुनका सिक्का (असर्फी) र चाँदीका सिक्का (मेडालियन)बिक्री गर्न थालेको थियो । सोही क्रममा आइतबारदेखि बिहीबारसम्म सुन र चाँदीका गरी करिब ४३ हजार थान सिक्का बिक्री गरेको हो ।

गएको पाँच दिनमा सुनका १० ग्राम र ५ ग्रामका असर्फी ७ हजार थान, २.५ ग्रामको ५ हजार थान बिक्री भइसकेको छ । सोही अवधिमा चाँदीका १० ग्रामका सिक्का २८ हजार र २५ ग्रामका ३ हजार थान बिक्री भएका छन् । तिहार र धनतेरसका लागि राष्ट्र बैंकले शुक्रबारसम्म सिक्का बिक्री गर्ने जनाएको छ ।

राष्ट्र बैंकले १० ग्राम, ५ ग्राम र २.५ ग्रामका सुनका सिक्का (असर्फी) र विभिन्न दरका गाई अंकित, गणेश अंकित र गजलक्ष्मी अंकित चाँदीका सिक्का बिक्री गरिरहेको छ । नेपालमा धनतेरसलाई नै लक्ष्य गरी सिक्का पूजा गर्ने चलन छ ।