काठमाडौं, नेपालमा पहिलेदेखि नै फलामे छड कारखानाहरु भए पनि पूर्वाधार परियोजना प्रयोग हुने स्टील नेपालमा उत्पादन हुँदैनथ्यो। ठूला निर्माणका लागि आवश्यक स्टीलमा आयातको भर पर्नुपर्थ्यो। शंकरलाल अग्रवालले त्यहाँ अवसर देखे र २०५१ सालमा बाराको सिमरामा जगदम्बा स्टिल्स प्रालि स्थापना गरेको थियो। स्थापना कालमा यो उद्योगले दैनिक ५० मेट्रिक टन सीआरटी बार स्टिल्स उत्पादन गर्थ्यो।
तर, यो ३० वर्षमा शंकरलालले सुरु गरेको त्यो सानो फ्याक्ट्री, अहिले दक्षिण एसियाकै सबैभन्दा ठूलोमध्येको स्टिल कारखाना बनेको छ, देशकै शान बन्न सफल भएको छ। विभिन्न १४ प्रकारका स्टिल्स उत्पादन गर्ने फ्याक्ट्रीको क्षमता दैनिक ३ हजार मेट्रिकटन पुगेको छ। सरकारलाई सबैभन्दा धेरै कर तिर्ने उद्योग बन्न सफल भएको छ। नेपालबाट पहिलोपटक स्टिल्स निर्यात गर्ने इतिहास पनि यसले बनाएको छ। धेरै रोजगारी सृजना गर्ने मात्रै होइन, सबैभन्दा धेरै बिजुली खपत गर्ने उद्योगको कीर्तिमान पनि जगदम्बाकै नाममा छ।
एकै वर्ष आव २०७७र७८ मा करिब ५० अर्ब ४९ अर्ब ७४ करोड रुपैयाँ सञ्चालन आय गरेको यो उद्योगले गत वर्ष मुलुकमा आन्तरिक मागमा अत्यन्तै ठूलो गिराउट आउँदा पनि ४० अर्ब सञ्चालन आम्दानी हासिल गरेको छ।देशकै सबैभन्दा अत्याधुनिक र ठूलो स्टिल्स उद्योग अब सर्वसाधारणलाई यो सफलताको साझेदार बनाउँदै छ। यसअघि नै प्राइभेटबाट पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको यो कम्पनीले सर्वसाधारणलाई आइपीओ जारी गर्न असोज १७ गते नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ।