काठमाडौं । चालु आर्थिक वर्ष (आव) २०८०र८१ को १० महिनाको अवधिमा काठमाडौंको सुक्खा बन्दरगाहबाट ८३ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ भने निर्यात शून्य रहेको छ ।
भन्सार विभागका अनुसार चोभारबाट साउन–वैशाखमा ८२ करोड ८६ लाख ५६ हजार रुपैयाँ बराबरको आयात भएको छ । यो बन्दरगाहबाट कुल आयातको ०।०६ प्रतिशत वस्तु आयात भएको छ । १० महिनामा कुल १३ खर्ब ३ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको । निर्यात १ खर्ब २६ अर्ब रुपैयाँ बराबरको भएको छ ।
नेपालमा कुल २९ भन्सार विन्दु र सुक्खा बन्दरगाहरुबाट अन्तर्राष्ट्रिय व्यापार भएको भन्सार विभागले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै व्यापार वीरगञ्ज भन्सारबाट हुने गरेको छ । यो भन्सारबाट ४ खर्ब ४७ अर्ब ३४ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । जुन कुल आयातको ३४।३२ प्रतिशत हो । यस भन्सारबाट २५ अर्ब ४७ करोड रुपैयाँ बराबरको वस्त निर्यात भएको छ । जुन कुल निर्यातको २०।१९ प्रतिशत हो ।