Wednesday, November 13, 2024

२०८१ कार्तिक २८, बुधबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

कीर्तिपुरको दर्शन सहकारी समस्याग्रस्त तर्फ, राजनीतिक स्वार्थ बढेको अध्यक्ष दर्शनधारीको आरोप

—दुईदिन देखि बचतफिर्ता स्थगित


कीर्तिपुरको दर्शन सहकारी समस्याग्रस्त तर्फ, राजनीतिक स्वार्थ बढेको अध्यक्ष दर्शनधारीको आरोप

काठमाडौं । कीर्तिपुर नगरपालिका स्थित नगाउँमा रहेको दर्शन बचत तथा ऋण सहकारी संस्था समस्याग्रस्त हुने अबस्थामा पुगेको छ । केहि महिनादेखि साना बचतकर्ताहरुको रकम वितरण गरिरहेको सहकारीमा ठुला बचतकर्ताहरुले आन्दोलनलाई नरोक्दा संस्था समस्याग्रस्त हुने अबस्थामा पुगेको हो । केहि दिनअघि संस्थाले ५ हजारदेखि ५० हजारसम्मको बचत फिर्ता गर्दा ठुला बचतकर्ताहरुले आफ्नो रकम फिर्ताको माग गर्दै कार्यालयमा धर्ना दिएका थिए । उनिहरुको धर्ना जारी रहेपनि संस्थाले साना बचतकर्ताको रकम फिर्ता गरिरहेको थियो ।

दुईदिन अघि मात्रै संस्थाले एक विज्ञप्ती जारी गर्दै ठुला बचतकर्ताहरुको संघर्ष समितिलाई सहयोग गर्दै आइरहेका स्थानीय एमाले नेता केशरत्न बज्राचार्य, पुर्ववडा अध्यक्ष गंगाराम महर्जनलगायतको एक समुहले कर्मचारीमाथि धरपकट गर्न खोजेकाले  बचतफिर्ता रोकेको जनाएको थियो । अहिले संस्थाले आफ्नो आधिकारिक फेसबुक मार्फत सहकारीमाथि राजनीतिक स्वार्थ हावी भएको र संस्थालाई समस्याग्रस्त तर्फ धकेल्न लागिएको भन्दै बचतकर्ताहरुलाई संस्था बचाउन आह्वान गरेको छ ।  संस्थाले बुधबार जारी गरेको विज्ञप्तीमा भनिएको छ, हामीलाई कार्यालय सञ्चालनमा समस्या भयो, आज सहकारीले सामाजिक सञ्चालमा ‘संस्थाको सदस्य नै नरहेका व्यक्तिहरुका कारण सस्थामा समस्या आउन थाल्यो, संस्थालाई समस्याग्रस्त हुनबाट जोगाउन आवाज उठाउनुहोस्’ भनि लेखेको छ ।

दर्शन साकोसमा पछिल्लो समय बचतफिर्ताको दवाव थप बढ्दै गइरहेको छ । बचतकर्ताहरुले रकम फिर्ता नदिएको भन्दै विभिन्न निकायमा निवेदन पनि दिएका छन् । यसअघि संसदीय समितिमा पनि पुगेका संस्थाका अध्यक्ष दिनेश दर्शनधारीले कार्ययोजना अनुसार रकम वितरण गर्ने प्रतिवद्धता जनाएका थिए । अहिले सहकारीले कर्मचारीमाथि हातपात गर्ने, अपशव्द प्रयोग गर्ने जस्ता क्रियाकलाप बढेको भन्दै दोस्रो चरणको बचतफिर्ता रोकेको छ । जसले सहकारी संस्था समस्याग्रस्त तर्फ उन्मुख भएको देखिन्छ । यहि अबस्था रहे सहकारी संस्था समस्याग्रस्त घोषणा हुनसक्ने सम्भावना देखिइएको हो ।

यसैबीच, सहकारी संस्थाका अध्यक्ष दिनेश दर्शनधारीले दोस्रो चरणको बचतफिर्ता अघि बढाउँदै गर्दा संस्थामाथि राजनीतिक र व्यक्तीगत स्वार्थ बढेको दावी गरे । उनले स्थानीय एमालेका नेता केशरत्न बज्राचार्य, पुर्वअध्यक्ष गंगाराम महर्जन लगायत केहि स्थानीय नेताहरुले सहकारीको कार्यालयमा जाने, कर्मचारीलाई धक्कीदिन, कार्यसम्पादनमा बाधा पुर्याउने जस्ता कार्यगरेको भन्दै सबै सेवा बन्द गरिएको बताए ।

उनले भने, ‘बचतकर्ताको रकम फिर्ता गराईदिने भन्दै संस्थामाथि राजनीति गर्न खोजिएको छ । त्यो राम्रो होइन, मैले ऋणीबाट प्राप्त जग्गा विक्रिगरि रकम फिर्ता गर्छु भन्दै गर्दा थप समस्या भोग्नु परेको छ’ । यता, केहि बचतकर्ताहरुले भने, सहकारीलाई समस्याग्रस्त तर्फ धकेल्न नहुने तर्क गरिरहेका छन् । समाजिक सञ्जालमा उनिहरुले बचतफिर्ताको काम सुरुभएकाले संस्थालाई दवाव दिन नहुने तर्क गरेका हुन । केहि बचतकर्ताहरुले सामाजिक सञ्जालमा व्यक्तिगत स्वार्थमा संस्थालाई थप कमजोर बनाउन नहुने बताएका छन् ।


सर्वाधिक पढिएको