Friday, November 29, 2024

२०८१ मंसिर १४, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

तीन जलविद्युत् आयोजनामा १ खर्ब ४१ अर्ब लगानी हुने


तीन जलविद्युत् आयोजनामा १ खर्ब ४१ अर्ब लगानी हुने

काठमाडौँ । लगानी बोर्डले ३ वटा जलविद्युत् आयोजनामा १ खर्ब ४१ अर्ब १३ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार बसेको बोर्डको बैठकले बुढीगण्डकी, जगदुल्ला र चैनपुर सेती जलविद्युत् आयोजनामा उक्त लगानी स्वीकृत गरेको हो ।

 

बोर्ड बैठकले ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाका लागि ७० अर्ब, १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत् आयोजनाका लागि २३ अर्ब ५९ करोड रुपैयाँ र २१० मेगावाट क्षमताको चैनपुर सेतीका लागि ४७ अर्ब ५४ करोड रुपैयाँ लगानी स्वीकृति गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता प्रद्युम्न उपाध्यायले बताए ।


सम्राट सिमेन्ट उद्योगको सेयर संरचना परिवर्तन स्वीकृत भएको छ । ‘सम्राट सिमेन्टले सेयर संरचना परिवर्तन गर्न निवदेन दिएको थियो, यसअघि धेरै सेयर सदस्य थिए,’ उपाध्यायले भने, ‘अब सम्राट सिमेन्टमा चौधरी ग्रुपको ७४।८ प्रतिशत, अनिल रुँगटाको १५ प्रतिशत, टोपेन्द्रकुमार शर्माको २ प्रतिशत र क्याम्पर फाइनान्सको ११ प्रतिशत सेयर हुने गरी बोर्डले सेयर संरचना परिवर्तन स्वीकृत गरेको छ ।’ बोर्डले सम्राट सिमेन्टको समझदारीपत्र (एमओयू) समेत स्वीकृत गरेको छ ।