Saturday, May 04, 2024

२०८१ बैशाख २२, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

गण्डकीका सहकारी पूर्वरजिस्ट्रार फरार, कार्यक्षेत्र विस्तारका लागि एक करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप

राष्ट्रिय सहकारी बैंक लिमिटेडबाट ४ करोड ऋण लिँदा प...


गण्डकीका सहकारी पूर्वरजिस्ट्रार फरार,  कार्यक्षेत्र विस्तारका लागि एक करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप

पोखरा । पोखरा ९ नयाँ बजारमास्थित मिल मिलन सहकारी संस्थाको कार्यक्षेत्र विस्तारका लागि एक करोड २५ लाख रुपैयाँ घुस लिएको आरोपमा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा गण्डकीका तत्कालीन सहकारी रजिस्टार उदयबहादुर पराजुलीलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

बैंकिङ कसुरमा पक्राउ परेका मित्र मिलन सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको आरोपसमेत लागेका अध्यक्ष रमण पौडेर र प्रबन्धक किरण अधिकारीको वयानका आधारमा पराजुलीलाई पक्राउ पुर्जी जारी भएको हो ।

गत कात्तिक ४ पक्राउ परेका सहकारीका अध्यक्ष पौडेल र प्रवन्धक अधिकारीले स्याङ्जामा कार्यक्षेत्र विस्तार गर्न रजिस्टार पराजुलीलाई एक करोड २५ लाख रुपैयाँ घुस दिएको बयान दिएका थिए । करिब २ वर्ष प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय पोखराका रजिष्ट्रार रहेका पराजुलीले कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रुपैयाँ दिनुपर्दा पनि सहकारीले घाटा बेहोर्नुपरेको उनीहरुले बयान दिएका थिए ।

स्याङ्जाको आँधिखोला गाउँपालिका नै घर रहेका अध्यक्ष पौडेलले आफ्नै पालिकामासमेत कार्यक्षेत्र विस्तार गरेर सहकारीमा रकम भित्राउन चाहेका थिए । तर, पराजुलीले फाइल अड्काइदिएपछि १ करोड २५ लाख रुपैयाँ घुस दिएर मिलाइएको बयान दिएको कास्की प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए ।

२०७९ भदौमा उनी रजिस्ट्रारबाट सरुवा भएर सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा गएका थिए । यही मध्य मंसिरमा कुश्मा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बनेर गएका पराजुलीलाई मेयर रामचन्द्र जोशीले राख्न चाहेका थिएनन् । नगरपालिकामा हाँजिरी भए पनि दुई जनाबीच बोलचालसमेत बन्द भएको कर्मचारीहरु नै बताउँछन् ।

‘उहाँले मेयरबाट रजिस्टर खोसेर हाँजिरी गरेको कुरा थियो । दुई जनाबीच बोलचालै थिएन,’ एक कर्मचारीले भने । उनी ४ दिनअघि परीक्षा दिन काठमाडौं जान भनेर हिँडेको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीले बताए ।

यसैगरी तत्कालीन राष्ट्रिय सहकारी बैंक लिमिटेड पोखरा शाखा प्रमुख सन्तोष घिमिरेले पनि ४० लाख रुपैयाँ घुस लिएको उनीहरुले बयान दिएका छन् । सहकारी बैंक लिमिटेडबाट ४ करोड ऋण लिँदा ४० लाख रुपैयाँ दिएको बयानपछि घिमिरेलाई पनि पक्राउ पुर्जी जारी भएको छ । अहिले राष्ट्रिय सहकारी बैंक लिमिटेड तनहुँ शाखा प्रमुख रहेका घिमिरे पनि पक्राउ पुर्जी जारी भएपछि फरार भएका छन् ।