काठमाडौं, श्रावण २४ । एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले स्थापनाको २० वर्ष पार गरेको छ । सन् २००३ अगस्ट ८ मा अस्ट्रेलियाको सिड्नीबाट उच्च शिक्षा तथा आप्रवासनसम्बन्धी परामर्श दिँदै आएको एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले २०औँ स्थापना दिवसको दिन पारेर एक्सपर्ट डे मनाएको हो । अहिले एक्सपर्टले विश्वका १६ देशमा ६० भन्दा बढी शाखा कार्यालयबाट शैक्षिक परामर्श सेवा दिँदै आइरहेको बताएको छ।
एक्सपर्टले विश्वभर नै स्थापनाको दिनलाई ‘एक्सपर्ट डे’का रूपमा मनाउँदै आइरहेको बताइएको छ । नेपालसहित विश्वभरि नै विशेष समारोह कार्यक्रमसहित केक काटेर एक्सपर्टले वार्षिकोत्सव मनाएको एक्सपर्ट डाइरेक्टर सागर अर्यालले बताएका छन् । एक्सपर्टले हाल अस्ट्रेलियासँगै क्यानडा, युके, युएसए, न्युजिल्यान्डलगायत देशमा विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि परामर्श दिँदै आइरहेको बताएको छ ।