काठमाडौं । बैंकले कुनै समय सहकारी भित्रका वेथिति देखाएर बचतकर्ताहरुबाट ठुलो रकम बैंकमा सार्ने गर्थे । केहि समय सहकारीनै त्यस्तो रकम अर्काे सहकारीमा समस्या देखाएर आफुतिर सार्न थाले । तर, अहिले अवस्था त्यस्तो छैन । पछिल्लो समय एकाएक सहकारी संस्थामा समस्या आउदा देशकै ठुला सहकारीहरु समस्याग्रस्त घोषणा भए । राष्ट्रिय सहकारी महासंघका पुर्वअध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केपी उप्रेती स्वयमः सहकारी रकम हिनामिनामा जेलमा छन् ।
राजनीतिक दलका कयौं ठुला नेता, उच्च अधिकारीहरुपनि सहकारी रकम दुरुपयोगमा मुछिएर प्रहरीको कष्टडीमा पुगेका छन् । तर, काठमाडौंको कीर्तिपुर स्थित उमामहेश्वर बचत तथा ऋण सहकारी संस्थाले आफ्नो २५ औं बार्षिक साधारणसभामा शेयरसदस्यहरुलाई 'जाँड पार्टी' दिएर आफ्नो सहकारीमा कुनै समस्या नभएको भनि सन्देश दिएको छ । सहकारी संस्था २५ औं वर्ष पुगेको अवसरमा आगन्तुकलाई जाड पार्टी दिएको भन्दै सामाजिक सञ्जालमा अहिले आलोचना भरहेको छ ।
बार्षिक साधारण सभामा निम्तो मान्न पुगेका एक व्यक्तीले सामाजिक सञ्जालमा उमामहेश्वर सहकारीको २५ औं बार्षिक उत्सवमा भन्दै बेयर, रक्सीको ग्लास सहित फोटो राखेका छन् । देशभर आएको बाढी पहिरोले काठमाडौं उपत्यकामा पनि ठुलो क्षति पुगेको एक साता नपुग्दै शुक्रबार संस्थाले आफ्ना शेयर सदस्यलाई 'जाँड पार्टी'दिएको हो ।
कीर्तिपुरकै एक स्थानीयले भने, ‘सहकारी भनेको त सहकार्य पनि हो, कीर्तिपुरको उमामहेश्वर सहकारीले आफ्नो २५ औं बार्षिक साधारणसभालाई सभ्य बनाई बाढीले क्षति पुर्याएको नजिकैको नगरपालिका, गाउँपालिका वा बागमती नदि पीडितलाई एक छाक खाना खुवाउन सक्थ्यो तर, 'जाँड पार्टी' त्यो के जनताको पैसा होइन’ ? हामीलाई प्रतिप्रश्न गर्दै उनले भने ।
‘कीर्तिपुरका अधिकांस सहकारी संस्थाहरुमा तरलता बढ्दै छ, उमामहेश्वर जस्ता सहकारीमा समस्या छैन् होला तर, यस्ता क्रियाकलापले अन्य सहकारी संस्थामा बचत फिर्ताको दवाव बढ्न सक्छ । यस विषमा सम्बन्धीत निकायको ध्यानाकर्षण हुन आवश्यक छ’ ।
हामीले यस विषयमा संस्थाका अध्यक्ष जितेन्द्र महर्जनलाई सोधका थियौं ।
उनले भने, ‘हामी २५ औं वर्षमा पुगेको अवसरमा शेयर सदस्यहरुलाई स्वागत गरिएको हो । संस्थामा कुनै तरलता छैन् । उनले हाम्रो प्रश्नमा घुमाऊरो उत्तर दिदै भने, ‘यहाँ २०/२५ जना पत्रकारहरु पनि आउनुभएको थियो उहाँहरुलाई हामीले बोलाएको होइन, तर खाएर जानुभयो यसलाई गलत अर्थ नलगाउनु होस्, भेटेर कुरा गरालौं’ । उनले संस्थाको वित्तीय अवस्था हामीलाई पठाएका छन् यस विषयमा अध्ययन हुन बाँकी छ ।
अहिले अधिकांस सहकारी संस्थाहरुमा समस्या छ, कीर्तिपुरकै ठुला भनिएका सहकारीले बचत फिर्ता गर्न सकिरहेका छैनन् । त्यस्तै अन्य सहकारी संस्थाहरुका विषयमा पनि हामीलाई जानकारी आएको छ । तर, यस्तो अवस्थामा सहकारी संस्थाहरु आफै गम्भीर र बचतकर्ताको रकम प्रति जिम्मेवार बन्नुपर्ने होइन र ?
Note: व्यक्तीगत गोपनियताकालागि हामीले फोटोमा ट्याग लगाएका छौं । यसले कसैको गोपनियतामाथि पर्न गएको असरप्रति क्षमा चाहान्छौं ।