Saturday, November 23, 2024

२०८१ मंसिर ८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

प्रतिनिधिसभाको बैठक सूचना टाँसेर आइतबारसम्मका लागि स्थगित


प्रतिनिधिसभाको बैठक सूचना टाँसेर आइतबारसम्मका लागि स्थगित

काठमाडौं,२२ असार प्रधानमन्त्री दाहालले दिएको विवादास्पद अभिव्यक्तिका कारण संसद्‍मा उत्पन्न भएको गतिरोध खोल्न दलहरुबीच सहमति नभएपछि प्रतिनिधिसभाको शुक्रबारका लागि तय भएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । गत मंगलबार प्रमुख प्रतिपक्षी दल एमालेले प्रधानमन्त्रीले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै राजीनामा दिनुपर्ने माग राखेर सदन अवरोध गरेको थियो ।

उक्त अवरोधपछि रोकिएको बैठक शुक्रबार दिउँसो ३ बजेका लागि तय गरिएको थियो । तर सभामुखले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुबीच सदनलाई सहज रुपमा अघि बढाउने विषयमा दलहरुबीच सहमति नभएकाले बैठक आइतबारसम्मका लागि सूचना टाँसेर स्थगित गरिएको हो ।

बैठकमा सभामुख घिमिरले भने सत्तापक्ष र प्रमुख विपक्षीबीच घनिभूत छलफल गरेर भोलिसम्ममा सहमति गर्नुहोला । संसद अवरुद्ध हुँदा विधेयक ९खासगरी मिटरब्याज सम्बन्धी निष्क्रिय हुनु राम्रो होइन । तपाईंहरु एउटा निष्कर्षमा पुग्नैपर्छ । त्यसका लागि सहजीकरण गर्न म तयार छु । पर्सीसम्मा सहमति गर्नुहोला । आजको बैठक सूचना टाँसेर स्थगित गरौं ।