Saturday, June 14, 2025

२०८२ जेष्ठ ३२, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

आगामी बिहीबार ४३औं विश्व खाद्य दिवस मनाइँदै


आगामी बिहीबार ४३औं विश्व खाद्य दिवस मनाइँदै

काठमाडौं, आगामी बिहीबार ४३औं विश्व खाद्य दिवस मनाइने भएको छ। विश्वव्यापी रूपमा स्वच्छ, पोषणयुक्त सन्तुलित भोजनको महत्वबारे जनचेतना जगाउन, भोकमरीबाट पीडित वर्गलाई उत्थान गर्नका लागि गरिने विभिन्न कार्यहरूलाई प्रवर्द्धन गर्न तथा सबैका लागि स्वास्थ आहार सुनिश्चित गर्न उक्त दिवस मनाइने भएको हो।राष्ट्रिय र अन्तराष्ट्रिय माहासंघ संस्थाहरूसँगको समन्वयमा प्रचार प्रसार, प्रभात फेरी, विशिष्ट व्यक्तिको मन्तव्य, नारामा आधारित अन्तक्रिया, लेख–रचना तथा अन्य विभिन्न कार्यक्रम गरी मनाउने तयारी गरिएको कृषि विभागकी प्रवक्ता जानुका पण्डितले बताए।

हामीले किसान र लेखकहरूलाई सम्मान गर्ने कार्यक्रम पनि राखेका छौं, उनले भनिन्। उनका अनुसार प्रदेश र स्थानीयतह तथा अन्य कृषिसँग सम्बन्धित संघ संस्थाले पनि विश्व खाद्य दिवस मनाइरहेका छन्।यस खाद्य दिवसको नारा जीवन र खाद्यको आधार हो पानी भन्ने रहेको छ। विश्वमा प्रत्येक वर्ष अक्टोबर १६ मा मनाइने विश्व खाद्य दिवस अक्टोबर महिनाभरी उपयुक्त मितिमा मनाइने प्रचलन अनुसार यस वर्ष राष्ट्रियस्तरमा आगामी बिहीबार मनाइने भएको हो।