Sunday, June 01, 2025

२०८२ जेष्ठ १९, आईतवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

साताको पहिलो दिन आइतवार सुनको मूल्य बढ्यो


साताको पहिलो दिन आइतवार सुनको मूल्य  बढ्यो

काठमाडौँ । साताको पहिलो दिन आइतवार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेर कारोबारमा आएको जनाएको हो । महासङ्घले गत साताको शुक्रवारको तुलनामा ४०० रुपैयाँ बढेर कारोबारमा आएको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ४०० रुपैयाँ कायम भएको छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम छ ।  गत साताको शुक्रवार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ८५० रुपैयाँ कायम थियो ।

यसबाहेक, आज चाँदीको मूल्यमा भने झनै गिरावट आएको छ । महासंघका अनुसार गत साताको शुक्रवारको तुलनामा आज ५ रुपैयाँले घटेर कारोबारमा आएको हो । शुक्रवार सुनको मूल्य तोलामा १३ सय ९५ रुपैयाँ थियो । जुन, आज १३ सय ९० रुपैयाँ कायम भएको छ ।