काठमाडौं । कच्ची र ग्राभेल सडक निर्माण कर्णाली प्रदेशमा एक वर्षमा २२.९ किमि मात्र सडक कालोपत्रगरिएको छ । आर्थिक वर्ष ०७८,७९ को फागुन मसान्तसम्म प्रदेश र पालिकातर्फ कर्णालीमा ९० किमि सडक कालोपत्र भएको थियो । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९,८० अनुसार फागुनसम्म थप १ किमिसहित कर्णालीमा प्रदेश र पालिकातर्फ भएको नयाँ सडक कालोपत्रको दूरी ९१ किमि पुगेको छ । १ किमि प्रदेशतर्फ कालोपत्र भए पनि पालिकातर्फ कालोपत्र नै नभएको जनाइएको छ । कच्ची सडक १३० किमि र ग्राभेल सडक ५ किमि मात्र निर्माण भएको छ । यही प्रदेशमा संघतर्फबाट भने केही सीमित जिल्लामा मात्र सडक कालोपत्र गरिएको छ । संघबाट दैलेखमा २।९, जुम्लामा ४, कालीकोटमा ९ र सल्यानमा ६ किमि नयाँ कालोपत्र सडक निर्माण गरिएको सम्बन्धित डिभिजन सडक कार्यालयले बताएका छन् । रुकुम पश्चिम, डोल्पा र जाजरकोटमा फागुन मसान्तसम्म नयाँ कालोपत्र सडक निर्माण नभएको सडक डिभिजन चौरजहारी रुकुमले बताएको छ । गत आर्थिक वर्षको फागुनसम्म प्रदेश र पालिका कर्णालीमा कच्ची सडक ३ हजार २ किमि र ग्राभेल सडक २ सय ९ किमि बनेको थियो । चालू आर्थिक वर्षको फागुनसम्म भने उक्त प्रदेशमा कच्ची ३ हजार १ सय ३३ र ग्राभेल सडक २ सय १४ किमि निर्माण भएको सर्वेक्षणमा उल्लेख छ । अन्य प्रदेशको तुलनामा कर्णाली सडक पूर्वाधार निर्माणमा पछि परेको तथ्यांकले देखाएको हो । संघबाट कर्णालीमा फागुनसम्म ६ सय ६५ किमि कालोपत्र, १६१ किमि ग्राभेल ६ सय १६ किमि कच्ची सडक निर्माण गरिएको छ ।
कर्णाली प्रदेशमा एक वर्षमा २२.९ किमि मात्र सडक कालोपत्र गरिएको छ