काठमाडौं । शाओमीले शाओमी १५ अल्ट्रा नेपालमा सार्वजनिक गरेको छ । यसको लन्च समारोह शनिबार भक्तपुरको सल्लाघारी ग्राउन्डमा आयोजना गरिएको ‘शाओमी प्रेजेन्ट सुशान्त केसी लाइभ इन नेपाल’ कन्सर्टमा भएको थियो ।
शाओमी १५ अल्ट्रा लाईका सुमिलक्स अप्टिकल लेन्सको साथमा डिजाइन गरिएको छ । यसमा समावेश रहेको लाईका १–इन्च मुख्य सेन्सर र २०० मेगापिक्सेलको टेलिफोटो लेन्सले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दछ ।
स्न्यापड्रागन ८ एलिट मोबाइल प्लेटफर्म र ३ एनएम प्रासेस टेक्नोलोजी रहेको यस स्मार्टफोनले प्रदर्शन र ऊर्जा दक्षता बढाउँछ । शाओमी १५ अल्ट्रामा शाओमी शिल्ड ग्लास २.० प्रयोग गरिएको छ जसले यस स्मार्टफोनको स्थायित्व र ड्रप–रेजिस्ट्यान्स प्रदान गर्छ । ६.७३–इन्च डब्ल्यूक्यूएचडींएमोलेड प्यानल, ३२०० निट्स पीक ब्राइटनेस र १–१२० हट्र्ज अडाप्टिभ रिफ्रेस रेटले प्रयोगकर्तालाई इमर्सिभ भिउइङ प्रदान गर्छ ।