काठमाडौं । एनएनबी बैंक र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्णरुपमा डिजिटल को लागि बिना धितो एनएमबी खेती कर्जाको आधिकारीक रूपमा शुभारम्भ गरिएको छ। कर्जा मार्फत किसानहरूले खेती एपको नयाँ फिचर एनएमबी खेती कर्जामा आवेदन दिई सहज रुपमा ५ मिनेट भित्रै कर्जा प्राप्त गर्न सक्नेछन्। वित्तीय पहुँचबाट वञ्चित रहेका किसानहरुले सहज रुपमा कर्जा प्राप्त गरुन् भन्ने उद्देश्यले पूर्णरुपमा डिजिटल प्रविधिमा आधारित बिना धितो कर्जा नेपालमा नै पहिलो पटक सुरू गरिएको हो।
किसानहरुले आफूलाई आवश्यक कृषि बिउ(बिजन, अन्य विभिन्न आवश्यक कृषिजन्य वस्तु तथा उपकरणहरू खरिद गर्नको लागि यो कर्जा सहज किस्ता बन्दीमा बिना धितो प्राप्त गर्न सक्नेछन्। यस कर्जा प्राप्त गर्नको लागि अन्य कर्जा जस्तै कर्जाको लागि आवश्यक कागजातहरू पेश गर्न पर्दैन। यो कर्जा पूर्णरुपमा डिजिटल प्रविधिमा आधारीत भएकाले किसानहरूले खेतीसँग पहिला गरेको कारोबारको मूल्यांकन गरेर स्विकृति गरिनेछ भने ग्राहकहरूले ३ महिनादेखि २४ महिना सम्मको भुक्तानी अवधिभित्र कर्जा चुक्ता गर्ने सुविधा प्राप्त गर्न सक्नेछन् र कर्जा चुक्ता गरिसकेपछि निजले फेरि अर्को कर्जा पनि तुरुन्तै प्राप्त गर्न सक्नेछन्।
यस एनएमबी खेती कर्जा प्राप्त गर्नको लागि ग्राहकहरूले एनएमबी बैंकमा खाता खोलेको हुनुपर्दछ भने खेती एप अनिवार्य डाउनलोड गरी एपमा भएका फिचरहरूको प्रयोग गरेर ग्राहक पहिचान विवरण भर्नुको साथै कृषिजन्य उत्पादन तथा उपकरणको कारोबार खेती एपबाट गरेको साथै रोग तथा किरा नियन्त्रण, फर्म सुरू लगायतका खेतीका महत्वपूर्ण चरणहरुमा पूर्ण सहभागि भएको हुनुपर्नेछ। एनएमबी बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएम र १२ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।