Saturday, May 18, 2024

२०८१ जेष्ठ ५, शनिबार

विजनेस दर्शन || Online Portal

कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । कीर्तिपुर नगरपालिका —१० हस्पिटल रोड

Call: फोन नं. 9828136583

[email protected]
amardeep agarbatti

वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध, शुक्रबारदेखी सुचारु


वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध, शुक्रबारदेखी सुचारु
काठमाडौं । वैदेशिक रोजगार विभागको ‘अनलाइन सेवा’ अवरुद्ध भएको छ ।
 
विभागको ‘एफइआइएमएस’ प्रणालीको फाइल सर्भर माइग्रेट गर्नुपर्ने भएकाले मंगलबारदेखि सेवा अवरुद्ध भएको विभागका सूचना अधिकारी तथा निर्देशक कविराज उप्रेतीले जानकारी दिए ।
 
उप्रेतीका अनुसार अवरुद्ध भएको अनलाइन सेवा शुक्रबारसम्म सुचारु हुने छ । सो प्रणालीमा ‘फाइनल अपलोड’ नहुने गरी सेवा अवरुद्ध भएको हो ।
 
अहिले अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नमिल्ने भएको विभागले जनाएको छ । यसअघि नै अपलोड भएका कागजात भने हेर्न र परिवर्तन गर्न सकिने भएको उनले थप जानकारी दिए ।