Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

रामपुर अस्पतालका २६ जना स्वास्थ्यकर्मी तथा कर्मचारी पाँच महिनादेखि तलब बिहिन


रामपुर अस्पतालका २६ जना स्वास्थ्यकर्मी तथा कर्मचारी पाँच महिनादेखि तलब बिहिन

काठमाडौं । पाल्पाको रामपुर अस्पतालमा कार्यरत २६ जना स्वास्थ्यकर्मी तथा कर्मचारीले पाँच महिनादेखि तलब पाएका छैनन् । अस्पताल विकास समिति र साझेदारी संस्थाबाट कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारी गत साउनदेखि तलबविहीन बनेका हुन् ।

लुम्बिनी प्रदेश सरकार अन्तर्गत रहेको ५० शय्याको अस्पताल अध्यक्षविहीन हुँदा कर्मचारीको तलब भत्ता रोकिन पुगेको हो । तलब भत्ता रोकिँदा समस्या भएको कर्मचारीले बताएका छन् । तलबविहीन हुनेमा अस्पताल विकास समितिबाट करार र ज्यालादारीमा कार्यरत १९ जना, साझेदार संस्थामार्फत कार्यरत सात जना छन् ।

चिकित्सक, स्टाफ नर्स, हेल्थ असिस्टेन्ट, अहेव, फार्मेसी सहायक, ल्याब असिस्टेन्ट, सहलेखापाल, चौकीदार, चालक, कार्यालय सहयोगीको तलब भुक्तानी हुन सकेको छैन ।