Thursday, May 29, 2025

२०८२ जेष्ठ १६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

शेयर बजार मंगलबार सामान्य


शेयर बजार मंगलबार सामान्य

काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । हिजो र अस्ति घटेको शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ८५ अङ्कले बढेर २ हजार ६ सय ७५ दशमलव ६२ विन्दुमा पुगेको छ ।

आज फाइनान्स, होटल, लगानी, बीमा, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेकोमा विकास बैंक समूहको शेयर भने डेढ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।

आज कर्पोरेट विकास बैंक, ओम मेगाश्री फर्मास्युटिकल्स, ग्रीन विकास बैंक, भूगोल इनर्जी डेभलपमेन्ट, प्योर इनर्जी कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । नेप्से सामान्य बढेको दिन गुराँस लघुवित्त कम्पनीको शेयर भने सबैभन्दा धेरै ७ प्रतिशतले घटेको छ ।

आज कारोबार रकम घटेको छ । हिजो ७ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका १ करोड ४२ लाख कित्ता शेयर ६ अर्ब ५२ करोड रुपैयाँमा किनबेच भएको छ ।