निरशोभा बलामी,
काठमाडौं, २५ जेठ । सहकारी विभागले सबै सहकारीहरुको स्वेतपत्र जारी गर्न नसक्ने जनाएको छ । सहकारी विभागमा रजिस्ट्रार नवराज घिमिरेले अहिलेको अबस्थामा ३० हजार सहकारीको स्वेत पत्र जारी गर्न सम्भव नभएकाले सहकारीको सम्पती र त्यसको दायित्वका आधारमा मात्रै जारी हुने बताएका हुन ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा घिमिरेले भनेका छन्, अहिलेको अबस्थामा सहकारीको स्थायीत्वकालागि विभागले गर्न सक्ने काम मध्येको एक स्वेतपत्र जारी गर्नु रहेको बताए । उनले सहकारीको सम्पती अर्थात जग्गाको लालपुर्जा स्थानीय तहले प्रमाणित गरेको अबस्थामा विभागले यस्तो निर्णय गर्न सक्छ । घिमिरेले यस्तो अबस्थामा सहकारीलाईको व्यवस्थापनकालागि विभागले केहि समय सम्पती व्यवस्थापनकालागि समय उपलव्ध गराउन सक्ने छ ।
विभागका रजिस्टार घिमिरेले सहकारीले घर जग्गामा कानुनतःलगानी गर्न नपाउने भएकाले यदि त्यस्तो गरेको पाइएमा कस्को कस्को नाममा छ त्यो अनुसार विभागले निर्देशन दिने बताए । घिमिरेल अधिकांस सहकारीले घर जग्गामा लगानी गरेको पाइएको भएपनि उनिहरुले कानुनबाट बचेर काम गरेकोले केहि गर्न नसकेको बताए ।
उनले कुनै सदस्यको नाममा ऋण जारी गर्ने र त्यसैबाट घर जग्गा खरिद गर्ने भोग गर्दै आएको दावी गरे । तर, अहिलेको अबस्थामा सहकारीलाई बचाउनु विभागको चुनौति भएको बताए । उनल भनेः यति त्यस्तो अबस्था छ, भने घर धनी, वा जग्गाको मालिकले आफ्नो नाममा मात्रै रहेको सम्पतीको दायित्व सबै सहकारीको रहेको भन्दै मन्जुरीमा गर्नु पर्ने र त्यस्तो कागजात विभागलाई प्राप्त भएमात्रै अघि बढ्न सकिने बताए ।
स्वेतपत्र जारी गर्न चाहाने सहकारीले विभागमा कागज गर्नु पर्ने र कुनै पनि दायित्व फिर्ता गर्न नसके आफ्नो नाम, परिवारको नाममा रहेको सबै व्यवसाय, सम्पती विक्रिगरि हिसाव मिलान गर्न सकिने प्रतिवद्धता सहित हस्ताक्षेर भएमात्रै विभागले त्यसमा काम गर्ने घिमिरेको भनाई छ ।
घिमिरेले सहकारीले स्वेतपत्र जारी गरिसकेपछि विभागले दिने समय असार मसान्तसम्म मात्रै हुने भन्दै त्यसको लागिमाप दण्ड बनाइने बताए । यदि असार मसान्तसम्म ऋण भुत्तानी भएन भने साउन एक गते मुद्दालाग्ने बताए । उनले भने, यदि सहकारीले आफ्नो प्रगति गर्दै गएको छ, भने मात्रै साउन १ देखि म्याद थप हुदै जाने बताए । विभागले स्वतेपत्र जारी गर्ने भनेको एक बर्षकालागि नभएको उनको तर्क थियो । विभागले अहिले सहकारीमा समस्या आएको भन्दै त्यस विषयमा राज्य गम्भीर हुनु पर्ने बताएको छ ।