Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

काठमाडौंमा डाबर वाटिका तीज फेस्टिभल–सृजनशील उद्यमी मेला


काठमाडौंमा डाबर वाटिका तीज फेस्टिभल–सृजनशील उद्यमी मेला

काठमाडौं । हरितालिका तीजको अवसरमा महिला सृजनशील केन्द्रले २० औं डाबर वाटिका तीज फेस्टिभल– सृजनशील उद्यमी मेला आयोजना गरेको छ । वाग्मती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासनमन्त्री रामकृष्ण चित्रकार, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला लगायतले शनिबार संयुक्त रूपमा मेला उद्घाटन गरे । अन्नपूर्ण प्याभिलियन काठमाडौंमा आइतबारसम्म चल्ने मेलामा राइजिङ नेपाल प्रालिको व्यवस्थापन तथा नबिल बैंक र नारी म्यागजिनको सहकार्य रहेको छ ।

सृजनशील महिलालाई सीप र दक्षता अभिवृद्धि गराई उद्यमशील तथा स्वरोजगारतर्फ प्रेरित गर्दै आर्थिक रूपमा सबल बनाई सफल उद्यमी बनाउने लक्ष्यसाथ मेलाको आयोजना हुँदै आएको आयोजक महिला सृजनशील केन्द्रले जनाएको छ । विशेषतः भेदभाव र अवसरबाट वञ्चित महिला समुदायलाई सीप सिकाइ उनीहरूको सिर्जना तथा उत्पादनलाई बजारीकरण गर्न मेला महत्त्वपूर्ण हुने आयोजकको अपेक्षा छ । मेलामा ८० भन्दा बढी स्टल रहने र १० हजारभन्दा बढीले अवलोकन गर्ने आयोजकले जनाएको छ ।