Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

महासंघद्धारा बिमस्टेक बिजनेस फोरम गठन गर्न प्रस्ताव


महासंघद्धारा बिमस्टेक बिजनेस फोरम गठन गर्न प्रस्ताव

काठमाडौं, ३१ जेठ । भारतको कोलकत्तामा भएको बिमस्टेक बिजनेस कन्क्लेभको अन्तर्राष्ट्रिय व्यापार मञ्च विशेष सत्रमा नेपाल उद्योग वाणिज्य महासंघले बिमस्टेक बिजनेस फोरम गठन गर्न प्रस्ताव गरेको छ । महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिमस्टेक राष्ट्रहरुमा अन्तरक्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न बिमस्टेक बिजनेस फोरम गठन गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।


व्यापार मञ्चलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले क्षेत्रीय व्यापार र लगानी प्रवर्द्धन गर्न राम्रा र प्रभावकारी सडक, जलमार्ग, रेलमार्ग जस्ता पूर्वाधारको आवश्यकता रहेको बताए । ऊर्जासँग सम्बन्धित पूर्वाधारको विकास र ऊर्जा व्यापारमा क्रस बोर्डर सहयोग प्रवर्द्धनले क्षेत्रीय मूल्य श्रृङ्खलाहरूमा बढी मात्रामा ऊर्जा आवश्यक पर्ने उद्योगको विकासलाई सहयोग पुग्ने उनको भनाइ छ ।

‘नेपाल, बंगलादेश र भारतले नेपालको जलविद्युत् बंगलादेशसम्म निर्यात गर्न जलविद्युत् प्रसारण लाइनमा काम गरिरहेका छन् । बिमस्टेक देशहरूले क्षेत्रीय व्यापार र लगानीलाई सहज बनाउन व्यापारमा लाग्ने विभिन्न गैर–भन्सार अवरोध हटाउन र घटाउनु आवश्यक रहेको उनको भनाइ छ ।