काठमाडौं । दशै नजिकिएसँगै कीर्तिपुर नगरपालिकाले बजार अनुगमनलाई तीव्र बनाएको छ । दशैँपछि पनि अधिकांस स्थानको अनुमगनलाई जारी राख्ने तयारी गरेको नगरपालिकाको बजार अनुगमन त्यति प्रभावकारी भने हुन सकेको छैन । केहि स्थानमा व्यवसायीले नै अनुगमनलाई प्रभावित पार्ने कोशिस गरे भने, केहि स्थानमा हतारको अनुमगन भईरहेको छ ।
अनुगमनका क्रममा भेटिएका कमी–कमजोरीलाई तत्काल सम्बोधन गर्न नगरपालिकाले निर्देशन दिएको छ । तर, हतारको अनुगमनले व्यपारीले सास्तीमात्रै पाएको भन्दै असन्तुष्टि पोखेका छन् । कीर्तिपुर नगरपालिकाले केहिदिन अघि मात्रै कीर्तिपुरको भत्क्यापाटीमा अनुमगन गरेको थियो । त्यहाँ रहेका केहि पसलहरुमा अनुगमन गरेपनि प्रभावकारी देखिएन ।
अनुगमनमा जाने दर्ता प्रमाणपत्र, कर रसीद लगायतका कागजात माग गर्ने, पसलमा रहेका केहि सामग्रीमा अनुगमन गरे जसो गर्ने, फोटो खिच्ने त्यसपश्चात् भने अनुगमन सकियो ! बजार अनुगमनकालागि पुग्नैपर्ने स्थानमा भने नगरपालिका पुगेको छैन् । यहाँ होटल, रेष्टुरेन्ट, घरेलु मदिरा विक्री–वितरण तथा उत्पादन हुने स्थानहरुमा नगरपालिकाको टोली पुग्नै सकेको छैन । यसमापनि अर्काे विषय के छ, भने अनुमगनमा कस्ता वस्तु हेर्नुपर्छ भन्ने पनि देखिएन । केहि खाद्य तथा विस्कुट, जुस र अन्य सामग्री मात्रै जाँच गरियो त्यत्तिमा मात्रै सीमित । न कुनै कारवाही, न त कुनै सजायको व्यवस्था नै गरेको छ !
अनुमगनका समयमा स्थानीय पत्रकार नजरराम महर्जनले नगरपालिकाको अनुमगनमा व्यवसायीहरु भागभाग भन्दै तस्बिर आफ्नो सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । जहाँ नगरपालिका उपप्रमुख सुनिता शाक्य, नगर स्वास्थ्य शाखाका प्रतिनिधि, जनप्रतिनिधि तथा अन्य व्यक्तीत्वहरुको उपस्थिति देखियो । तर, त्यहाँस्थित म्याद गुज्रिसकेको अन्य विभिन्न सामाग्री तथा अखाद्य वस्तुहरुमा भने नजर परेनन् । पत्रकार महर्जनले सार्वजनिक गरिएको फोटो सेनिटरी प्याड(अम्मी) नामको भारतिय ब्राण्डको जुन मिति सकिसकेको प्रोडक्ट थियो । त्यसमा स्थानीय पत्रकारको क्यामरा त पुग्यो तर, स्थानीय जनप्रतिनिधि, अनुगमनमा खटिएका प्रतिनिधिहरुको नजर भने पुगेनन् ।
चाडपर्वलाई लक्षितगरि गरिएको अनुगमन प्रभावकारी नहुने भन्दै यसअघि पनि विरोध नभएको भने होइन । चाडपर्वमा व्यवसायीलाई दुःखदिन मात्रै अनुगमन हुने तर, उपभोक्ताको हितकालागि प्रभावकारी नहुने स्वयम् उपभोक्ता अधिकारकर्मीहरुको भनाई छ । ( DH divay Hygiene Pvt.Ltd ) गान्धीरोड दिल्लीको सो सामानको मिति गुज्रिएको एक वर्षभन्दा बढी नै भइसकेको देखिन्छ । यतिमात्रै होइन मुख्यकुरा बजार अनुमगनमा उत्पादन र खाद्यको मितिमात्रै जाँच गर्ने होइन । बजार कति व्यवस्थित छ, कति स्वच्छ छ, भन्ने कुराको पनि हेक्का राख्नपर्छ तर, त्यो देखिएन । अस्तव्यस्त बजार, पसलमा ठूला बोर्ड तथा सडकका पेटी र गल्लीमा सामान बेच्न राख्दा पनि अनुगमनकर्ताले देखिएन ।
मिठाई पसलहरुमा रोडमै चूलो बनाएर पकाउँदै गरेको दृष्य अनुमगनमा देखिन्छ । विजनेस दर्शनले गत महिनाको २१ गते बजारमा चरम मूल्यवृद्धि तथा अस्तव्यस्त व्यापारसम्बन्धी नगरपालिकालाई अनुगमन गर्न खबरदारी गर्दै रिर्पोेट प्रकाशित गरेको थियो । त्यसको भोलीपल्ट नै नगरपालिकाले बजार अनुमगन सुरु थालेको हो ।