काठमाडौं । नेपाल राष्ट्र बैँकले आर्थिक वर्ष २०८०—८१ मा मुद्रास्फीति ६.५ प्रतिशतको सीमाभित्र रहने जनाएको छ ।आइतबार मौद्रिक नीति सार्वजनिक गर्दैै राष्ट्र बैँकले कच्चा तेलको मूल्यमा रहेको अनिश्चितता र जारी रुस–युक्रेन युद्दका कारण मूल्यमा उच्च जोखिमको स्थिति अझै विद्यमान रहेकाले मुद्रास्फीति ६.५ प्रतिशत हुने जनाएको छ । यद्यपि अन्तर्र्राष्ट्रिय स्तरमा कायम रहेको नीतिगत कार्यदिशा, मुद्रास्फीतिको घट्दो क्रम, मुद्रास्फीतिसम्बन्धी नागरिकको स्थिति अपेक्षा र मूल्यको आधार प्रभाव समेतलाई हेरेर यो अनसमान गरिएको राष्ट्र बैँकले जनाएको छ ।
हेर्नुहोस् पूर्णपाठः