Friday, November 22, 2024

२०८१ मंसिर ७, शुक्रबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

लाइसेन्सको पूर्ण छपाइ कार्य रोकियो, करिब ८ लाख प्रभावित


लाइसेन्सको पूर्ण छपाइ कार्य रोकियो, करिब ८ लाख प्रभावित

काठमाडौं । करिब २ महिनायता सवारीचालक अनुमति पत्र (लाइसेन्स)को पूर्ण छपाइ कार्य रोकिएको छ । यातायात व्यवस्था विभागका अनुसार ठेक्का पाएको जर्मन कम्पनीले समयमै कार्ड डेलिभरी नगर्दा छपाइ कार्य प्रभावित भएको हो । अहिले वैदेशिक रोजगारमा जाने र अत्यावश्यक पर्नेहरुका लागि मात्रै फाट्टफुट्ट कार्ड छपाइ हुने गरेको छ ।

अन्यका लागि नियमित रुपमा हुने ठूलो परिमाणको छपाइ कार्य २ महिनादेखि रोकिएको हो । लाइसेन्स छपाइ कार्य रोकिएपछि ट्रायल पास भएका तथा नवीकरण हुने पर्खाइमा रहेका करिब ८ लाख प्रभावित भएका छन् ।

‘अहिले विदेश जानेहरुलाई मात्रै अत्यावश्यक पर्ने भएकाले छपाइ गरेर दिने गरेका छौं, त्योबाहेक छपाइ कार्य अहिले करिब रोकिएको अवस्था छ’ विभागका निर्देशक रामचन्द्र पौडेलले बताए ।

उनका अनुसार ८ लाख कार्ड प्रिन्ट गरेर वितरण गर्नुपर्ने दायित्व छ । ठेक्का पाएको जर्मन कम्पनीले १२ लाख कार्ड डेलिभरी गर्नुपर्नेमा नगरेको उनले बताए । दसैंअघि नै १२ लाख कार्ड आउने थप अरु कार्डका लागि टेन्डर प्रक्रिया अघि बढाउनेगरी गृहकार्य भइरहेको उनले बताए ।

कार्डको स्टक संख्या १ लाखभन्दा मुनि झरेपछि नियमित छपाइ हुन नसकेको उनको भनाइ छ । ‘एकै पटक ठूलो संख्यामा कार्ड किनेर नराख्दा यो समस्या आएको हो’ उनले भने ‘टेन्डर भइसकेपछि डेलिभर हुने समय लम्बियो ।’