Tuesday, January 13, 2026

२०८२ पुष २९, मंगलवार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

सानिमा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


सानिमा बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

काठमाडौं, सानिमा बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेएको छ। बैंकले कात्तिक २ गते बिहीबार वार्षिक साधारण सभा डाकेको छ। साधारण सभा प्रयोजनका लागि बैंकले असोज २२ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ।जस अनुसार, आज आइतबारसम्म कायम सेयर धनीले प्रस्तावित लाभांश र सभामा भाग लिन पाउने छन्।

बैंकले कात्तिक २ गते, बिहीबार कुण्डलिनी दरबार ब्याङ्गवेट, चण्डोल, काठमाण्डौंमा बिहान ११ बजे १९ औँ वार्षिक साधारण सभा डाकेको हो। सभाले हाल कायम चुक्ता पूँजीको ९ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ सहित गरी ५.७० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

त्यसका साथै सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने भएको छ।