Monday, November 25, 2024

२०८१ मंसिर १०, सोमबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

निर्माण व्यवसाय विकास परिषद्ले भूकम्प पीडितका लागि २५ लाख दिने


निर्माण व्यवसाय विकास परिषद्ले भूकम्प पीडितका लागि २५ लाख दिने

काठमाडौं । निर्माण व्यवसाय विकास परिषद्ले निर्माण व्यवसाय कोषबाट भूकम्प पीडितका लागि २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । परिषद्को अध्यक्ष भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहने व्यवस्था छ । आइतबार बसेको परिषद्को बैठकले प्रधानमन्त्री दैवि प्रकोप राहत कोषमा जम्मा हुने गरी २५ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । यस परिषद्‍मा नेपाल निर्माण व्यवसायी महासंघ समेत सदस्य रहेको छ ।