काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हस्तकला उद्योगबाट उत्पादित वस्तुहरूको बजार विस्तार गर्न सरकारका सम्पूर्ण निकायले काम गर्नुपर्ने बताएका छन् । काठमाडौँमा आज आयोजित २० औँ हस्तकला व्यापार मेला तथा १८ औँ हस्तकला प्रतियोगितामा राष्ट्रपति पौडेलले हस्तकला उद्योग व्यवसायको उत्थानबाट नेपालको पहिचान एवं गरिमालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्न सकिने बताए ।
राष्ट्रपति पौडेलले नेपाली हस्तकलाका धेरै सामग्रीहरू विभिन्न जातजातिको पुर्ख्यौली पेशा र सीपमा आधारित भएकाले सजिलै यसको नक्कल हुन नसक्ने र यसको प्रतिलिपि अधिकार पनि समयमा नै सुरक्षित गर्नेतर्फ ध्यान दिनुपर्ने बताए ।
राष्ट्रपति पौडेलले झण्डै ११ लाखले यो क्षेत्रबाट रोजगारी पाइरहेको र करिब ८५ देशमा हस्तकला वस्तुहरूको निकासी भएको समेत जानकारी दिए । कार्यक्रममा राष्ट्रपति पौडेलले प्रदर्शनीमा राखिएका विभिन्न स्टलहरूको अवलोकन गरे । सो अवसरमा राष्ट्रपति पौडेलले उत्कृष्ट हस्तकला निर्यात कर्तालाई सम्मान गरे ।