Thursday, November 21, 2024

२०८१ मंसिर ६, बिहीबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बजेट भाषणअघि अर्थमन्त्रीले सुनाए गणतन्त्रपछिको उन्नति


बजेट भाषणअघि अर्थमन्त्रीले सुनाए गणतन्त्रपछिको उन्नति

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषण गर्नुअघि गणतन्त्र आएपछि सरकारले गरेको विकासबारे जानकारी दिएका छन् । संसद्को संयुक्त बैठकमा बजेट भाषण गर्नुअघि गणतन्त्र आएपछि भएको विकासको नालीबेली सुनाएका हुन् ।

सरकारले प्रत्येक वर्ष गणतन्त्र दिवसका दिन अर्थात् जेठ १५ गते बजेट प्रस्तुत गर्दै आइरहेको छ । त्यस क्रममा उनले आर्थिक वर्ष ६४/६५ मा कूल गार्हस्थ्य उत्पादन ८ खर्ब १५ अर्ब रहेको कूल गार्हस्थ्य उत्पादन चालू वर्षमा ५७ खर्ब ५ अर्ब पुग्ने अनुमान रहेको बताए ।

यस्तै प्रतिव्यक्ति आय ४९१ अमेरिकी डलरबाट बढेर १ हजार ४५६ पुगेको उनले बताए । विद्युत् उत्पादन ७०० मेगावाटबाट ३ हजार मेगावाटभन्दा बढी पुगेको बताए । यस्तै ५६ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेकामा यति बेला ९८ प्रतिशत जनसङ्ख्यामा विद्युत्को पहुँच पुगेको उनले बताए ।

गणतन्त्र आउनुअघि ५ हजार ४०० किलोमिटर सडक मात्रै कालोपत्रे भएको थियो । जुन गणतन्त्र आइसकेपछिको अवधिमा १८ हजार ४०० किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएको अर्थमन्त्रीको भनाई छ ।

६५ सालमा ६१ जिल्ला मात्रै सडक सञ्जालमा जोडिएका थिए । हाल सबै जिल्ला सडक सञ्जालमा जोडिएका छन् । यस्तै मुलुकमा १ लाख ५ हजार किलोमिटर सडक सञ्जाल छ । २०६५ सालमा वाणिज्य बैंकका ५९१ शाखा थिए । जुन, यति बेला ५ हजार ४२ वटा वाणिज्य बैंकका शाखा छन् ।