Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

'लाज शरणम्’मा कुपोषित बालकको पात्रका रुपमा चित्रण गरिएका १६ वर्षीय विकास केसीको मृत्यु


'लाज शरणम्’मा कुपोषित बालकको पात्रका रुपमा चित्रण गरिएका १६ वर्षीय विकास केसीको मृत्यु

काठमाडौं । फिल्म ’लाज शरणम्’मा कुपोषित बालकको पात्रका रुपमा चित्रण गरिएका १६ वर्षीय बालक विकास केसी वास्तविक जीवनमै कुपोषणको सिकार भएका छन् । फिल्ममा कुपोषणको कारण उक्त पात्रको मृत्यु हुन्छ । फिल्ममा उक्त दृश्य सबैभन्दा हृदय विदारक हुन्छ । कुपोषणकै कारण उनको मंगलबार मृत्यु भएको छ ।

फिल्म निर्माण टिमले उनको मृत्यु भएको सामाजिक सन्जालमार्फत जानकारी दिएको छ । ’मानवीय संवेदना, व्यक्ति र परिवारको इच्छा तथा यसबाट पर्न सक्ने नकारात्मक असरको विश्लेषणपछि हामीले उहाँलाई चलचित्रमा चित्रण गरेका थियौँ । हामीले उहाँहरुसँग उपचार र परिवारलाई सहयोगको प्रतिबद्धता गरेका थियौँ,’ निर्देशक कुमार कट्टेलले फेसबुकमा लेखेका छन्, ’जसअनुसार सुटिङपछि तत्काल उपचारका लागि ग्रीन सिटी अस्पताल ल्याइयो । ग्रीन सिटी अस्पतालले कान्ति बाल अस्पताल रिफर ग¥यो । कान्ति बाल अस्पतालले जटिल खालको कुपोषणको उपचार सम्भव नभएको जनाउँदै फिर्ता गरेको थियो ।’ उनले आफूहरूले बालकलाई केही सहयोग गरेको पनि जनाएका छन् ।