Saturday, June 07, 2025

२०८२ जेष्ठ २५, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक


१० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं,आन्तरिक ऋण उठाउने प्रयोजनका लागि नेपाल राष्ट्र बैंकले पुनः १० अर्ब रूपैयाँको विकास ऋणपत्र बिक्री गर्न भएको छ। ऋणपत्र बिक्रीका लागि नेपाल राष्ट्र बैंकले बुधबार सूचना आह्वान गरेको छ। जस अनुसार ऋणपत्र खरिदका लागि बिहीबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ। फेरि १० अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक असोज २६ मा राष्ट्र बैंकले ऋणपत्र बिक्री जारी गर्ने बताएको छ।

विकास ऋणपत्र ०८८ ‘घ’ नाम दिइएको उक्त ऋणपत्रको परिपक्व अवधि ८ वर्ष छ। ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुनेछ । ऋणपत्र बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले खरिद गर्न सक्नेछन् ।यो ऋणपत्र धितो राखेर बैंक तथा वित्तीय संस्था र राष्ट्र बैंकबाट ऋण लिन सकिन्छ भने ऋणपत्रको ब्याज अर्धवार्षिक रूपमा भुक्तानी हुनेछ।

ऋणपत्रमा घटीमा ५० हजार र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंकमा लगानी गर्न सकिने राष्ट्र बैंकको सूचनामा उल्लेख छ। बजारमा पर्याप्त तरलता रहेको भन्दै राष्ट्र बैंकले दोस्रो त्रैमासका लागि तय गरिएको विकास ऋणपत्र अघि सारेर अहिले आन्तरिक ऋण उठाइरहेको हो। राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासमा ५५,५५ अर्ब रुपैयाँका दरले आन्तरिक ऋण उठाउने राष्ट्र बैंकको योजना थियो।

तर, अहिले सम्म ८७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाइसकेको छ भने, बाँकी १० अर्बका लागि बोलकबोल आब्हन गरेको छ। आह्वान गरेको ऋणपत्र पनि बिक्री भएपछि सरकारले कुल ९७ अर्ब ३१ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने छ। त्यसमध्ये करिब ४५ अर्ब रुपैयाँ दोस्रो त्रैमासका लागि तय गरेको आन्तरिक ऋण हो। आउँदो पुससम्म सरकारले १ खर्ब १० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने योजना बनाएको थियो।

चालू आर्थिक वर्षको बजेट वक्तव्यमा सरकारले तय गरेको आन्तिरिक ऋण संकलनका लागि नेपाल राष्ट्र बैंकले तालिका सार्वजनिक गरेको छ। जस अनुसार पुससम्ममा १ खर्ब १० अर्ब रुपैयाँ र त्यसपछिका ६ महिनामा १ खर्ब ३० अर्ब गरेर यस वर्ष कुल २ खर्ब ४० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो।