Saturday, May 31, 2025

२०८२ जेष्ठ १८, शनिबार

विजनेस दर्शन || Online Portal

काठमाडौं ।

सूचना विभाग दर्ता नं. ४०२५—२०७९/८० || प्रेस काउन्सिल दर्ता न:४०१६ । काठमाडौं ।

Call: फोन नं. 9828136583

[email protected]

बैंकहरूको तेस्रो त्रैमाससम्मको नाफा १ .४५ प्रतिशत


बैंकहरूको तेस्रो त्रैमाससम्मको नाफा १ .४५ प्रतिशत

काठमाडौं । बैंकहरूको तेस्रो त्रैमाससम्मको नाफा १ दशमलव ४५ प्रतिशतले बढेको छ । गएको वर्षको साउनदेखि चैत मसान्तसम्म ४० अर्ब ५८ करोड रुपैयाँ नाफा कमाएका २० वटा बैंकहरूले यो वर्षको साउनदेखि चैत मसान्तसम्ममा ४१ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका छन् ।

२० मध्ये ९ वटा बैंकको नाफा अघिल्लो वर्षको भन्दा घटेको छ भने ११ वटाले नाफा बढाएका छन् । कुमारी, सिटिजन्स, एनआईसी एशिया, हिमालयन, स्ट्यान्डर्ड चार्टर्ड, सिद्धार्थ, प्राइम कमर्सियल, कृषि विकास र राष्ट्रिय वाणिज्य बैंकको नाफा घटेको हो । यीमध्ये एनआईसी एशियाको नाफा झन्डै ९२ प्रतिशतले घटेको छ । यस्तै हिमालयनको ७४ र कुमारी बैंकको ७३ प्रतिशतभन्दा धेरैले नाफा घटेको छ ।

सबैभन्दा धेरैले नाफा बढ्नेमा नेपाल बैंक रहेको छ । नेपाल बैंकको नाफा अघिल्लो वर्षको तुलनामा २ हजार ३२ प्रतिशत अर्थात् २१ गुणाले बढेको छ ।